फिल्म हलबाट फिर्ता भए काठमाडौं नगर प्रहरी
काठमाडौं । भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्न फिल्म हलमा तैनाथ काठमाडौं महानगरपालिकाका नगर प्रहरी फिर्ता भएका छन् ।
उक्त फिल्ममा ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद रहेको र त्यसले सांस्कृतिक हस्तक्षेप गरेको दाबीसहित महानगरले उक्त फिल्म चल्न नदिने घोषणा गर्दै आफ्नो क्षेत्रभित्रका हलहरूमा तैनाथ गरेको प्रहरी शुक्रबार बिहानबाट फिर्ता गरेको हो ।
काठमाडौं महानगरपालिका, नगर प्रहरी प्रमुख राजु पाण्डेले जनताले नै उक्त फिल्म बहिस्कार गरेपछि बन्द गरिराख्नुपर्ने जरुरी नभएकाले नगर प्रहरी फिर्ता भएको बताए ।
फिल्म आदिपुरुषमा सीतासम्बन्धी संवाद रहेको हल्लापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्पूर्ण हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । उच्च अदालत, पाटनले भारतीय फिल्म प्रदर्शनमाथिको रोक गलत भएको भन्दै त्यसलाई सुचारु गर्न आदेश दिए पनि बालेनले बालेनले अडान यथावत् राखेका छन् । देशको सार्वभौमसत्ता र स्वाधीनतासँग सम्बन्धित विषयमा अदालतबाट आदेश नै आए पनि आफूले नमान्ने बालेनको भनाइ छ ।
स्वतन्त्र न्यायापालिकाको फैसलालाई बालेनले चुनौती दिएपछि अहिले ‘विधिको शासनको हुर्मत काँडेर सनक देखाएको’ भन्दै उनको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया