पूर्वबैंकर रविनाले गरिन् धुमधामसँग बिहे
काठमाडाैं । पूर्वबैंकर रविना देशराज श्रेष्ठले विवाह गरेकी छिन् ।
उनले बिहीबार बेलायती प्रेमी स्टुआर्टसँग लगनगाँठो कसेकी हुन् । यो उनको दोस्रो विवाह हो ।
रविना नायिका प्रियंका कार्कीकी सासू र नायक आयुष्मान र आशिरमानका आमा हुन् । रविना लामो समयदेखि स्टुआर्टसँग प्रेम सम्बन्धमा थिइन् । स्टुआर्टको पनि यो दोस्रो विवाह हो ।
उनी तत्कालिन मेगा बैंकमा डेपुटी सिईओ र केही समय कायममुकायम सिईओ बनेकी थिइन् । मेगा बैंक इन्भेष्टमेन्ट बैंकमा मर्ज भएपछि उनले बैंकको जागिर छाडेकी थिइन् ।
तस्विर : प्रियंका र स्टुआर्टको इन्स्टाग्रामबाट
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी







प्रतिक्रिया