सुनचाँदीको मूल्य निरन्तर ओरालो

काठमाडाैं । मंगलबारयता सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रूपैयाँ घटेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार तीन रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया