NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुखसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं। यातायात व्यवस्था कार्यालय, धनगढी, कैलालीका कार्यालय प्रमुखसहित तीन जनाविरूद् भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले आव २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ ।

उक्त विषयमा अख्तियारमा उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग A, B, C/C1, K, र J1  का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको  खुलेको छ । त्यस क्रममा उनले प्रविष्ट(अपलोड) गरेका उक्त १८० जना परीक्षार्थीहरु मध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्तांकलाई रि-राइट, ओभर-राइटसमेत गरी सच्याएको, वर्ग A, B, E, G र K का सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि-राइट, ओभर-राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार  उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत (एप्रुभ) गर्ने कामसमेत उनै प्रतिवादी लक्ष्मण शाही कै आधिकारिक युजर आइडीबाट भएको पुष्टि हुन आएको छ ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तरपुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा/प्राप्तांक सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा उनलाई सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

यस्तै सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।