NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बुस्केट्सले बार्सिलोना छाडे, मियामीमा अनुबन्धित

काठमाडौं । सर्जियो बुस्केट्स बार्सिलोना छाडेर अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित भएका छन्।

स्टार खेलाडी लियोनल मेस्सीपछि मियामीले बार्सिलोनाका बुस्केट्सलाई आफ्नो क्लबमा भित्राएको हो ।

उनी १८ वर्षअघि बार्सिलोनामा अनुबन्धित भएका थिए । यो अवधिमा ७२२ खेल खेलेका उनले १८ गोल र ४० असिस्ट गरेका थिए ।

बुस्केट्सको बार्सिलोना छाड्ने निर्णय अप्रत्यासित भने होइन । गत मे महिनामै यो घोषणा गरेका थिए ।