NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बैतडी । निरन्तर वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलेको छ ।

उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा गएराति पहिरो खस्दा यातायात सेवा पूर्णरुपमा बन्द भएको थियो । सडकमा खसेको पहिरो स्काभेटरले पन्छाएपछि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

पहिरो पन्छ्याइएपछि राजमार्ग सञ्चालनमा आएको र घन्टौँदेखि रोकिएका सवारीसाधन तथा अलपत्र रहेका यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।  लामो समयको खडेरीपछि मनसुनी वर्षा सरु भएसँगै पहिराेका कारण सडक, विद्यालयलगायतका संरचनामा क्षति पुग्न थालेको छ ।