विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको बताएका छन् ।
आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त जानकारी दिएका हुन् ।
मन्त्री श्रेष्ठका भनाईमा कार्यविधि विपरित पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ती सुरक्षाकर्मी फिर्ता गरिएको हो । फिर्ता हुनेमा नेपाल प्रहरीका १९० र सशस्त्र प्रहरी बल नेपालका १२६ जना सुरक्षाकर्मी छन् ।
यसरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय पूर्व गृहमन्त्री रवि लामिछानेले गरेका थिए । अहिले भने सरकारले कार्यविधि नै तयार पारेर यसको प्रतिवेदन तयार पारेको श्रेष्ठको भनाईं छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया