विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको बताएका छन् ।
आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उक्त जानकारी दिएका हुन् ।
मन्त्री श्रेष्ठका भनाईमा कार्यविधि विपरित पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ती सुरक्षाकर्मी फिर्ता गरिएको हो । फिर्ता हुनेमा नेपाल प्रहरीका १९० र सशस्त्र प्रहरी बल नेपालका १२६ जना सुरक्षाकर्मी छन् ।
यसरी विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय पूर्व गृहमन्त्री रवि लामिछानेले गरेका थिए । अहिले भने सरकारले कार्यविधि नै तयार पारेर यसको प्रतिवेदन तयार पारेको श्रेष्ठको भनाईं छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया