पहिरोमा परेर मृत्यु हुनेहरूको अब गाउँमै शव परीक्षण
ओखलढुंगा । पहिराले पुरिएर मृत्यु भएका चार जनाको गाउँमै शव परीक्षण (पोष्टमार्टम) गरिएको छ । चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरामा परी ज्यान गुमाएकाहरुको गाउँकै स्वास्थ्यचौकीमा शव परीक्षण गरिएको हो ।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेर गाउँकै स्वास्थ्य युनिटमा परीक्षण गरी दाहसंस्कार गरिएको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । भौगोलिक विकटताका कारण शव बोकेर जिल्ला अस्पताल रुम्जाटारसम्म लैजान समस्या हुने भएपछि रानीवन स्वास्थ्य केन्द्रबाट डाक्टर झिकाएर गाउँमै शव परीक्षण गरिएको हो ।
यस क्षेत्रमा मानवीय क्षति हुँदा परीक्षण गर्न एक दिन लगाएर जिल्ला अस्पताल रुम्जाटार वा रामेछापको सदरमुकाम मन्थली लैजानुपर्ने अवस्था छ । वर्षात्सँगै आएको पहिराले पुरेर एकै परिवारका ३६ वर्षीय रणबहादुर गुरुङ, २९ वर्षीया शिवमाया गुरुङ, १८ महिनाकी कृतिका गुरुङ र १० वर्षका दिनेश गुरुङको मृत्यु भएको थियो ।
गुरुङ परिवारका सबै सदस्यको मृत्यु भएको र आफन्तसमेत नरहेपछि छिमेकीले दाहसंस्कार गरेका छन् । शुक्रबार पहिराले गाउँ नै बगाउँदा लाखौँको धनमाल, पशुधन, भौतिक सम्पत्तिमा क्षति भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया