NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जापानमा ८४ हजार भन्दा बढी बेपत्ता

टोकियो । जापानमा  हराउने  व्यक्तिहरूको संख्या क्रमशस बढ्दै गएको पाइएको छ ।  यस्ता व्यक्तिको संख्या सन् २०२२ मा लगातार दोस्रो वर्ष ८४ हजार ९१० पुगेको छ ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ हजार ६९२ ले वृद्धि भएको देखिन्छ । बेपत्ता हुनेहरूको उमेर समूहमा २० वर्ष आसपासका सबैभन्दा बढी छन् । यो समूह कुल बेपत्ताको लगभग ४० प्रतिशत छ ।

यस अवधिमा देशमा डिमेन्सिया (विस्मृतिग्रस्त) भएका वा यस्तै किसिमका विकार भएको आशङ्कामा १८ हजार ७०९ जना बेपत्ता भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ मा तुलनात्मक तथ्यांक सार्वजनिक गर्न थालिएदेखि  बेपत्ता हुनेको सङ्ख्या क्रमशः  बढ्दोक्रममा  छ ।

यो संख्या एक दशकमा झण्डै दोब्बर भएको छ। तीमध्ये धेरै व्यक्तिहरू डिमेन्सियाका कारण उद्देश्यविहीन भौंतारिएपछि हराएको उल्लेख गरिएको थियो। स्थानीय सरकारहरूले डिमेन्सिया भएका वा डिमेन्सिया भएको शंका लागेका मानिसहरूका परिवारका सदस्यहरूलाई जिपिएस यन्त्रहरू बोक्न वा तिनीहरूको कपडामा सम्पर्क जानकारीसहित (क्युआर कोड)  राख्न आग्रह गरिरहेका छन् ।