जलहरी जोख्न पशुपतिनाथ पुग्यो अख्तियारको टोली

काठमाडौं । पशुपतिनाथ मन्दिरको सुनको जलहरी जोख्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोली मन्दिर परिसर पुगेको छ ।
जलहरीका लागि प्रयोग भएर बाँकी रहेको दश किलो ९७६ ग्राम सुनको हिसाब नदेखिएपछि यसबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।
आयोगले यतिबेला उक्त जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको उजुरीमाथि छानबिन गरिरहेको छ ।
सोही अनुसन्धान अन्तर्गत आयोग आज पशुपति पुगेको हो । छानविनका लागि आयोगको टोली पशुपति पुगेपछि परिसर पुरै खाली गरिएको छ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिमा १०८ किलोको सुनको जलहरी राखिएको थियो ।
यसमा महालेखाले करिब ११ किलो सुनको प्रयोग नभेटिएको औंल्याएको हो । जलहरीको विषयमा माओवादी केन्द्रका सांसद राजन दाहालले संसदमा प्रश्न उठाएपछि यो विषय झनै चर्चामा आएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया