मेलम्ची पानी बाँड्न नसक्दा शाक्य बर्खास्त

काठमाडौं । खानेपानीकाे वितरण प्रभावकारी बनाउन नसकेकाे आराेप खेपिरहेकाे काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्य बर्खास्तगीमा परेका छन् ।
मेलम्चीको पानी वितरण प्रभावकारी बनाउन नसकेपछि बिहीबार बसेकाे लिमिटेड सञ्चालक समिति बैठकले उनलाई बर्खास्त गरेको हो ।
शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेकाे लिमिटेडका एक सञ्चा लक समिति सदस्यले जानकारी दिए ।
शाक्यको कार्यकाल चार वर्ष थियो । यसरी नियुक्त कार्यकारी अधिकृतको कार्यसम्पादन जाँच गर्ने, निरन्तरता दिने, नदिनेसम्बन्धी निर्णय लिने अधिकार बोर्डलाई छ ।
मेलम्चीको पानी थपिएपछि काठमाडौंकाे खानेपानी समस्या समाधान हुने ठानिएकाे थियाे । तर शाक्य नेतृत्वमा रहँदा केयुकेएलकाे पानी वितरण प्रभावकारी हुन सकेकाे थिएन ।
यसबारे केयुकेएलसँग व्यापक जनगुनासो थियो । शाक्यको कार्यसम्पादनलाई लिएर कर्मचारीसमेत रुष्ट थिए । उनीहरुले शाक्यविरुद्ध आन्दोलन नै गरेका थिए ।
यसबारे प्रतिक्रिया लिन शाक्यसँग सम्पर्क गर्दा स्थापित हुन सकेन ।
शाक्यपछि केयुकेएलको कमाण्ड ज्ञानेन्द्रबहादुर कार्कीले सम्हालेका छन् ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया