मेलम्ची पानी बाँड्न नसक्दा शाक्य बर्खास्त
काठमाडौं । खानेपानीकाे वितरण प्रभावकारी बनाउन नसकेकाे आराेप खेपिरहेकाे काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्य बर्खास्तगीमा परेका छन् ।
मेलम्चीको पानी वितरण प्रभावकारी बनाउन नसकेपछि बिहीबार बसेकाे लिमिटेड सञ्चालक समिति बैठकले उनलाई बर्खास्त गरेको हो ।
शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि उनलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेकाे लिमिटेडका एक सञ्चा लक समिति सदस्यले जानकारी दिए ।
शाक्यको कार्यकाल चार वर्ष थियो । यसरी नियुक्त कार्यकारी अधिकृतको कार्यसम्पादन जाँच गर्ने, निरन्तरता दिने, नदिनेसम्बन्धी निर्णय लिने अधिकार बोर्डलाई छ ।
मेलम्चीको पानी थपिएपछि काठमाडौंकाे खानेपानी समस्या समाधान हुने ठानिएकाे थियाे । तर शाक्य नेतृत्वमा रहँदा केयुकेएलकाे पानी वितरण प्रभावकारी हुन सकेकाे थिएन ।
यसबारे केयुकेएलसँग व्यापक जनगुनासो थियो । शाक्यको कार्यसम्पादनलाई लिएर कर्मचारीसमेत रुष्ट थिए । उनीहरुले शाक्यविरुद्ध आन्दोलन नै गरेका थिए ।
यसबारे प्रतिक्रिया लिन शाक्यसँग सम्पर्क गर्दा स्थापित हुन सकेन ।
शाक्यपछि केयुकेएलको कमाण्ड ज्ञानेन्द्रबहादुर कार्कीले सम्हालेका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया