NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य पुन: उकालो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँ बढेर एक हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।