NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पानी धेरै पिउँदा के हुन्छ ?

एजेन्सी । शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउन सल्लाह दिइन्छ । गर्मीमा यो आवश्यकता झनै बढ्छ ।

चर्को घामले गर्मीमा डिहाइड्रेसन हुन्छ । तर गर्मी भयो भन्दैमा अत्यधिक पानी पनि स्वास्थ्यका लागि घातक हुन सक्छ । सामान्यतया व्यक्तिले दैनिक ३ देखि ४ लिटर पानी पिउनु पर्छ ।

यसले डिहाइड्रेसनको जोखिम हुँदैन भने शरीर उर्जाशिल पनि रहन्छ । कम पानी पिउनाले डिहाइड्रेसन हुनुकासाथै अन्य समस्याहरु पनि देखापर्छन् । शरीरमा पानीको मात्रा कम हुँदा मृगौलामासमेत समस्या देखिन सक्छ । यसबाहेक छाला तथा आँखामा असर गर्छ ।

तर यदि तपाई दैनिक ३, ४ लिटरभन्दा बढी पानी पिउनुहुन्छ भने यसले घातक रुप पनि लिन सक्छ ।

दैनिक अत्यधिक पानी पिउँदा वाटर पोइजनिङको समस्या देखिन सक्छ । यसले तपाईको मृगौलामा समस्या ल्याउँछ । कम पानी पिउँदा पनि मृगौलामा समस्या हुन्छ भने हदभन्दा बढीले पनि समसस्या आउँछ । यसले शरीरमा इलेक्ट्रोलाइटहरू पातलो बनाउँछ ।

यसबाहेक, अत्यधिक पानी पिउँदा वाकवाकी लाग्ने तथा वान्ता हुने गर्छ । यस्तै, टाउको दुख्ने, पेट फुल्ने, अत्यधिक पिसाब लाग्ने, माशंपेशी दुख्नेलगायत समस्या देखिन सक्छ ।

शरीरमा पानीको मात्रा बढी हुँदा नुनको मात्रा घट्छ । त्यसैले पानी सहि मात्रामा खान जरुरी छ ।