NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य उकालो लाग्ने क्रम जारी

काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।