देउवाको संलग्नताबारे बयान दिएका कलाधरसहित तीन पक्राउ

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा केन्द्रिय अनुसनधान ब्यूरो(सीआईबी) ले थप चारजनालाई पक्राउ गरेको छ ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, भुपेन्द्रमणि केसी र धर्मप्रसाद गौतम पक्राउ परेका हुन् ।
देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुखसमेत हुन् । यसअघि सीआईबीसँगको बयानका क्रममा उनले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा जानुमा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि संलग्नता रहेको बताएका छन् ।
उनले देउवा नेतृत्वको गृह मन्त्रालयले दिएको दबाबका कारण मालपोत कार्यालयले जग्गा नामसारी गर्न बाध्य भएको बयान दिएका छन् । उनले दिएको बयानअनुसार देउवा नेतृत्वको मन्त्रालयले आवश्यक छानबिन नै नगरी पठाएको पत्रका आधारमा मालपोत कार्यालयले जग्गा नामासारी गरेको थियो।
छानबिनबिनै मालपोतमा पठाइएको पत्रसँगै प्रधानमन्त्री निवासबाटै थामिनसक्नुको दबाब आएको अर्को बयान पनि उनले ब्युरोलाई दिएका छन् ।
प्रतिक्रिया