NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ललिता निवास जग्गा प्रकरणमा दुई सयभन्दा धेरै सीआईबीको छानबिनमा

काठामडौं । चार वर्षदेखि थन्किएको ललिता निवास जग्गा हिनामिनासम्बन्धि फाइल खोलेर प्रहरीले अनुसन्धान थालेको छ । यसमा व्यवसायी मीनबहादुर गुरुङदेखि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसम्म पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा सिआइबीको अनुसन्धान जारी छ । उच्च राजनीतिक नेतृत्व जोडिएको यो मुद्दामा अरु को–को पक्राउ पर्दछ भन्ने धेरैको चासो छ।

सीआईबी स्रोतका अनुसार पूर्वसचिवसम्म अनुसन्धानको दायरामा छन् । पूर्वमन्त्रीको हकमा पक्राउ गर्ने–नगर्ने टुंगो लागेको छैन ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छेदार, पूर्वमन्त्रीहरु छवीराज पन्त, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलाई समेत प्रतिवादी बनाएको थियो ।

त्यस्तै पूर्वसचिवहरू दीप बस्न्यात र दिनेश अधिकारीविरुद्ध समेत मुद्दा चलेको थियो । सीआईबीले पनि बस्न्यात लगायतलाई भने पक्राउ गर्ने तयारी गरेको छ ।

ब्यूरोले हाल कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको हो । जसमा कीर्तेमा प्रत्यक्ष संलग्नहरुलाई पहिलो चरणमा पक्राउ गरिने र उनीहरुको बयानका आधारमा थप उच्चपदस्थको हकमा निर्णय लिइने सीआईबी उच्च स्रोतले जानकारी गरायो ।

यो घोटालमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराई समेत मुछिएका छन् । तर, मन्त्रिपरिषद्को निर्णयउपर अख्तियारले मुद्दा चलाउन नसक्ने भएकाले उनीहरु जोगिएका थिए । प्रहरीले पनि सकेसम्म उनीहरुलाई अनुसन्धानमा नतान्ने नीति लिएको छ ।

यद्यपी पक्राउ परेका प्रतिवादीहरूले बयानका आधारमा उनीहरूमाथिको अनुसन्धान निर्भर हुने प्रहरी स्रोत बताउँछ । सीआईबीले चार वटा छुट्टा छुट्टै मुद्दामा यो प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार यो मुद्दामा दुई सय भन्दा धेरै प्रतिवादी हुने सम्भावना छ ।