घट्यो सुनको मूल्य, चाँदी स्थिर

काठमाडाैं । आइतबारयता लगातार उकालो लागेको सुनको मूल्य बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ घटेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार चाँदी स्थिर अर्थात मंगलबारकै मूल्य एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया