मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर
काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ । कलेजले लायन्स क्लब अफ काठमाडौँ र समाज डेन्टल हस्पिटलको सहकार्यमा मंगलबार आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
यसका साथै रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । शिविरमा एक सय ३८ जना दाँतका, एक सय ७९ आँखाका र २१ जना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा समाजशास्त्र विभागका प्रमुख सुजित मैनालीले जानकारी दिए ।
यसैगरी सो स्वास्थ्य शिविरमा करिब चालिस दाताले दक्तदान गरेका थिए । मैनालीका अनुसार कलेजका विद्यार्थी, शिक्षक, कलेज परिवारका सदस्यका साथै काठमाडौँ महानगर–१० र २९ का स्थानीयले शिविरबाट लाभ लिएका छन् ।
समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न मदन भण्डारी कलेज सदा क्रियाशील रहिआएको र यो यसै सिलसिलाको एउटा गतिविधि भएको कलेजका सहायक क्याम्पस प्रमुख कमल न्यौपानेले बताए। यही असार १४ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कलेजको २२औँ वार्षिकोत्सवको मुख्य कार्यक्रम हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया