NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बालुवाटार काण्डमा समातिएका चार आरोपीलाई ७ दिन हिरासतमा राखिने

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा कीर्ते अभियोगमा पक्राउ परेका ४ आरोपीलाई अदालतले ७ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई आज काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न अनुमति दिएको हो ।

जग्गा कीर्तेको अभियोगमा उनीहरूसहित थप तीनजनालाई हिजो केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको थियो । अन्य तीनजनाको हिजै छुटेका हुन् ।