गुनासो सुन्न प्राधिकरणमा कल सेन्टर

मनहरि । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
विद्युत्सम्बन्धी सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर सञ्चालनमा ल्याइएको डिभिजन प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । विद्युत्सम्बन्धी गुनासोका लागि ११५० डायल गरी ८ थिच्नपर्छ ।
यस कल सेन्टरबाट प्रदेश डिभिजन कार्यालयअन्तर्गत पालुङ, हेटौँडा र सिन्धुली वितरण केन्द्रका उपभोक्ताले आफ्नो गुनासो टिपाउन सक्नेछन् । तत्काल कल सेन्टरमा चार वटा फोन राखिएको र बिहान ९ देखि बेलुका ६ बजेसम्म सर्वसाधारणले कल सेन्टरमा फोन गर्नसक्ने डिभिजन प्रमुख द्विवेदीले बताए ।
उनका अनुसार यसबाट प्राधिकरणको नो लाइटको फोन उठेन भन्ने गुनासो पनि अन्त हुनेछ । कल सेन्टरमाअहिले बिहान ९ देखि साँझ ६ बजेसम्म फोन गर्न सकिने र केही समयपछि दैनिक १२ घन्टा सेवा दिने तयारीमा रहेको डिभिजन प्रमुख द्विवेदीको भनाइ थियो ।
हेटौँडा वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले विद्युत् अवरुद्ध हुनासाथ नो लाइटमा निरन्तर फोन आउने गरेको जानकारी दिँदै अब यो समस्या समाधान हुने विश्वास व्यक्त गरे । डिभिजन कार्यालयले पालुङ, हेटौंडा र सिन्धुली वितरण केन्द्रअन्तर्गतको उपभोक्ताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया