NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नाडा प्रतिनिधि मण्डल र भन्सार महानिर्देशकविच छलफल

काठमाडाैं । शुक्रबार नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटघाट भएको छ ।

भेटघाटका क्रममा वीरगञ्ज भन्सार कार्यालय आउँदो साउन १ गते पछि पैठारी हुने तयारी मालबस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालबस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचना लगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने भनाई राखे । त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखे ।

सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिनु हुदै अटोमोवाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताए । यसै क्रममा उनले अटोमोवाइल स्पेयर पार्टसका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिए ।

त्यसैगरी सो छलफलमा महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुने अप्ठेरो र झण्झट पनि नहुने कुरा प्रष्टयाए । विभागका उपमहानिर्देशकद्धय सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।