NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

फाब्रिगासले लिए सन्यास

काठमाडौं । फुटबलर सेस फाब्रिगासले आफ्नो खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर ३६ वर्षीय फाब्रिगासले आफ्नो २० वर्ष लामो करिअर अन्त्य गर्दै सन्यास लिएका हुन् ।

फाब्रिगासले एक ट्विट गर्दै दुई दशक लामो खेल करिअरबाट विश्राम लिने निर्णय गरेको जनाएका छन् ।

स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगास बार्सिलोना र चेल्सीका अतिरिक्त आर्सनल, मोनाकोमा समेत आबद्ध भएका थिए ।

खेलाडीको रूपमा उनलाई मैदानमा नदेखिए पनि उनलाई कोचका रूपमा भने देखिनेछ । उनले अब आफूले कोचिङ करिअर सुरु गर्ने र त्यसका लागि उत्साहित रहेको उल्लेख गरेका छन् ।