फाब्रिगासले लिए सन्यास
काठमाडौं । फुटबलर सेस फाब्रिगासले आफ्नो खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर ३६ वर्षीय फाब्रिगासले आफ्नो २० वर्ष लामो करिअर अन्त्य गर्दै सन्यास लिएका हुन् ।
फाब्रिगासले एक ट्विट गर्दै दुई दशक लामो खेल करिअरबाट विश्राम लिने निर्णय गरेको जनाएका छन् ।
स्पेनका अन्तराष्ट्रिय खेलाडी फाब्रिगास बार्सिलोना र चेल्सीका अतिरिक्त आर्सनल, मोनाकोमा समेत आबद्ध भएका थिए ।
खेलाडीको रूपमा उनलाई मैदानमा नदेखिए पनि उनलाई कोचका रूपमा भने देखिनेछ । उनले अब आफूले कोचिङ करिअर सुरु गर्ने र त्यसका लागि उत्साहित रहेको उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया