NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेदरल्याण्ड्स र ओमान भिड्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सोमबार नेदरल्यान्ड्स र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार मध्याह्न पौने १ बजे जिम्बाबेमा हुनेछ ।

नेदरल्याण्ड्स समूह ‘ए’को दोस्रो स्थानबाट र ओमान समूह ‘बी’को तेस्रो स्थानबाट सुपर सिक्समा पुगेका हुन् ।

सुपर सिक्समा दोस्रो खेल खेल्न गइरहेका दुवै टिम जितको खोजीमा हुनेछन् । नेदरल्यान्ड्स आज सबैभन्दा बढी दबाबमा रहनेछ । किनभने, विश्वकपमा छनोटको सम्भावना कायम राख्न आज उसले खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भएमा नेदरल्यान्ड्स सुपर सिक्सबाट बाहिरिने तेस्रो टोली बन्ने छ ।

ओमानको विश्वकप यात्रा यसअघि नै टुटिसकेको छ । तथापि, ओमान नेदरल्याण्ड्सलाई रोकेर आफ्नै कित्तामा उसलाई सीमित गर्न चाहन्छ ।