रुसी आक्रमणमा परी युक्रेनी लेखिकाको निधन
काठमाडौं । रुसी आक्रमणमा परी घाइते युक्रेनकी लेखिका भिक्टोरिया अमेलिनाको निधन भएको छ । योसँगै उनी रुसी आक्रमणमा मारिने १३औं युद्ध अपराध अनुसन्धानकर्ता बनेकी छन् ।
युक्रेनको पूर्वी सहर क्रामाटोर्स्कमा रहेको पिज्जा रेस्टुरेन्टमा रुसी मिसाइल प्रहारबाट घाइते उनलाई अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको बिबिसीले जनाएको छ ।
द राइटर्स एसोसिएसन पेन युक्रेनले गहिरो चोटका कारण चिकित्सकहरूको अथक प्रयासका बावजुद उनलाई बचाउन नसकिएको उल्लेख गरेको छ ।
मानवअधिकारकर्मीहरूले यो आक्रमणलाई युद्ध अपराध भनेका छन्।
क्रामतोर्स्क युक्रेनको नियन्त्रित क्षेत्र भए पनि रुसले कब्जा गरेको युक्रेनको अर्को क्षेत्रनजिक छ ।
मिसाइल प्रहार हुँदा ३७ वर्षीया अमेलिना सहरको लोकप्रिय रिया लाउन्जमा कोलम्बियाली पत्रकार र लेखकहरूको प्रतिनिधिमण्डलसँग खाना खाइरहेकी थिइन् । आक्रमणमा अन्य ६० जना घाइते भएका छन् ।
अमेलिना युक्रेनका चर्चित युवा लेखकमध्ये एक थिइन् । उनका विभिन्न विभिन्न कृतिहरू प्रकाशित छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया