ज्याकलिनले मुम्बईमा किनिन् नयाँ घर
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले मुम्बईको बान्द्रा वेस्टमा नयाँ आलिशान घर किनेकी छिन्। यो घर पाली हिलको नजिकैको स्थानमा छ,जहाँ धेरै बलिउड स्टारहरू बस्छन्। मिडिया रिपोर्टका अनुसार ज्याकलिनको नयाँ घरमा पूल, जिम र सुन्दर लाउन्ज रहेको छ ।
आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ, जसमा ज्याकलिनको घरको भवन देखिन्छ । यद्यपी नायिकाले आफ्नो नयाँ घरको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।
रणवीर कपुर/आलिया भट्ट, करिना कपुर/सैफ अली खान जस्ता स्टारहरू ज्याकलिनको घर नजिकै बस्छन्। ज्याकलिनको घरबाट सलमान खान र शाहरुख खानको अपार्टमेन्ट पनि केही मिनेट टाढा छ । दीपिका पादुकोण र रणवीर सिंह छिट्टै यस क्षेत्रमा सिफ्ट हुन लागेका छन्, यद्यपि उनीहरूको घर निर्माणाधीन छ।
घर जग्गाको आकारअनुसार ज्याकलिनको नयाँ घर पाली हिलको नवरोज भवनमा छ । यस भवनका सबै घरहरू १११९ स्क्वायर फिट र २५५७ स्क्वायर फिट कार्पेट एरियामा बनेका छन् । तिनीहरूको मूल्य १२ करोड रुपैयाँबाट सुरु हुन्छ। घरबाहेक अन्य सुविधाको कुरा गर्दा यहाँ क्लब हाउस, स्विमिङ पुल र जिमको सुविधा पनि छ ।
सन् २०२१ मा ज्याकलिन अभिनेत्री प्रियंका चोपडाको जुहुस्थित ठूलो बालकनी रहेको घरमा बस्दै आएकी थिइन् । ज्याकलिनले यो भवन प्रियंकाबाट ७ करोडमा किनेकी थिइन् जसको नाम कर्मयोग राखिएको छ । यसअघि ज्याकलिन बान्द्रामा भाडाको घरमा बस्दै आएकी थिइन् ।
ज्याकलिन छिट्टै अभिनेत्री सोनु सूद र विजयराजसँग फिल्म ‘फतेह’मा देखिदैंछिन् । यो चलचित्रलाई वैभव मिश्राले निर्देशन गरेका हुन् । यससँगै अभिनेत्रीले क्राइम एक्शन फिल्म ‘क्र्याक’ को छायांकन सुरु गरिसकेकी छिन् । जसमा ज्याकलिन विद्युत जामवाल र अर्जुन रामपालसँगै देखिनेछिन् । यो चलचित्रलाई आदित्य दत्तले निर्देशन गर्दै छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया