NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्रीले किन बोलाए सत्ता गठबन्धन दलहरूको बैठक ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा समसामायिक राजनीति, कोशी प्रदेशमा देखिएको सत्ता संकट, जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

असार १५ गते एमाले नेतृत्वको कोशी सरकार ढलेपछि दुवैपक्षसँग आवश्यक बहुमत छैन । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार संयुक्त सरकार गठनका लागि आह्वान गरेपछि गठबन्धनका नेताहरू केन्द्रीय नेताहरूको मुख ताकेर बसेका छन् ।

राप्रपाको सहयोगबिना गठबन्धनले सरकार नै गठन नहुने देखिन्छ । सोही विषयमा छलफल गर्न बैठक बोलाइएको गठन्धनका नेताहरूको भनाइ छ । यसैगरी सरकारले ल्याएको बजेटको विपक्षमा उभिएको जपाका नेताहरूलाई फकाउन प्रधानमन्त्री प्रचण्ड आफै सक्रिय रहेका छन् ।