प्रधानमन्त्रीले किन बोलाए सत्ता गठबन्धन दलहरूको बैठक ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठकमा समसामायिक राजनीति, कोशी प्रदेशमा देखिएको सत्ता संकट, जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
असार १५ गते एमाले नेतृत्वको कोशी सरकार ढलेपछि दुवैपक्षसँग आवश्यक बहुमत छैन । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार संयुक्त सरकार गठनका लागि आह्वान गरेपछि गठबन्धनका नेताहरू केन्द्रीय नेताहरूको मुख ताकेर बसेका छन् ।
राप्रपाको सहयोगबिना गठबन्धनले सरकार नै गठन नहुने देखिन्छ । सोही विषयमा छलफल गर्न बैठक बोलाइएको गठन्धनका नेताहरूको भनाइ छ । यसैगरी सरकारले ल्याएको बजेटको विपक्षमा उभिएको जपाका नेताहरूलाई फकाउन प्रधानमन्त्री प्रचण्ड आफै सक्रिय रहेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया