श्रीमतीलाई हौसला बढाउन बाजुरा लागे रवि लामिछाने
काठमाडौं । निकिता पौडेलको नेतृत्वमा सञ्चालन हुन लागेको नारी टेलिभिजन भोलिबाट शुभारम्भ हुने भएको छ ।
नेपालमा पहिलो पटक महिलाका मुद्दा र विषयलाई प्राथमिकतामा राखेर प्रसारण हुन लागेको टेलिभिजन बुधबार बाजुराबाट शुभारम्भ गर्न लागिएको हो ।
बाजुराको बूढीगंगा नगरपालिकाबाट भोलि नारी टेलिभिजनको नियमित प्रसारण सुरु हुन लागेको पौडेलले जानकारी दिइन् ।
नारी टेलिभिजनको शुभारम्भ गर्न निकिताका श्रीमानसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्यसतर्फ प्रस्थान गरेका छन् । निकितालाई हौसला प्रदान गर्न आफू त्यसतर्फ लागेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
शुभारम्भ बाजुराबाट भए पनि यसको मुख्य कार्यालय भने काठमाडौंमा रहनेछ । महिला सशक्तीकरणका लागि टेलिभिजनले महिलाका विषय र मुद्दालाई प्राथमिकता दिएर सामग्री प्रसारण गर्ने जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया