न्युक्यासलले भित्रायो टोनाली

काठमाडौं । प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडले मिडफिल्डर सान्ड्रो टोनालीलाई टिममा भित्राएको छ ।
एसी मिलान तथा इटालीका मिड फिल्डर २३ वर्षीय टोनालीलाई न्युक्यासलले ५ वर्षका लागि अनुबन्ध गरेको हो ।
समाचारहरूमा उनलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गरिएको बताइएको छ । यो इटालियन खेलाडीका लागि दिइएको रकममध्ये सबैभन्दा धेरै हो ।
टोनालीले आफू सेन्ट जेम्स पार्कमा खेल्न आतुर रहेको बताएका छन् ।
सन् २०२१ र २०२२ को सिजनमा एसी मिलानलाई सिरी ए उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण थियो ।
प्रशिक्षक होले टोनाली असाधारण क्षमताको खेलाडी भएको भन्दै उनको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया