न्युक्यासलले भित्रायो टोनाली
काठमाडौं । प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडले मिडफिल्डर सान्ड्रो टोनालीलाई टिममा भित्राएको छ ।
एसी मिलान तथा इटालीका मिड फिल्डर २३ वर्षीय टोनालीलाई न्युक्यासलले ५ वर्षका लागि अनुबन्ध गरेको हो ।
समाचारहरूमा उनलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गरिएको बताइएको छ । यो इटालियन खेलाडीका लागि दिइएको रकममध्ये सबैभन्दा धेरै हो ।
टोनालीले आफू सेन्ट जेम्स पार्कमा खेल्न आतुर रहेको बताएका छन् ।
सन् २०२१ र २०२२ को सिजनमा एसी मिलानलाई सिरी ए उपाधि जिताउन उनको भूमिका महत्त्वपूर्ण थियो ।
प्रशिक्षक होले टोनाली असाधारण क्षमताको खेलाडी भएको भन्दै उनको प्रशंसा गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया