NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख १० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० कायम भएको छ ।

त्यस्तै मंगलबार चाँदी प्रतितोला पाँच रूपैयाँ बढेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ३७० रूपैयाँमा कारोबार भएको थियो ।