खोलाले बगायो २६ ड्रम डिजेल

काठमाडौं । अविरल वर्षापछि नदीमा आएको बाढीमा ट्रिपर फस्दा पाँचथरमा त्यसमा रहेको २६ ड्रम डिजेल खोलाले बगाएको छ ।
तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा आएको बाढीमा ट्रिपर फस्दा त्यसमा लोड गरिएको २६ ड्रम डिजेल मंगलबार बिहान खोलाले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरले बा १ क ५११२ नम्बरको ट्रिपर फस्दा २६ वटा डिजेलको ड्रम बाढीमा बगेको जनाएको छ । ट्रिपर धरानदेखि पाँचथरको कुम्मायक गाउँपलिकाको यासोकतर्फ जाँदै थियो ।
खोलाले बगाएको हरेक ड्रममा २२० लिटर डिजेल थियो । ट्रिपर खोलामा फसे पनि चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
‘सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो’ : विद्या भण्डारी
-
एमाले बोलायो केन्द्रीय कमिटीको बैठक
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता
-
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
-
तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल–खावा सडक स्तरोन्नति गरिँदै
प्रतिक्रिया