खोलाले बगायो २६ ड्रम डिजेल
काठमाडौं । अविरल वर्षापछि नदीमा आएको बाढीमा ट्रिपर फस्दा पाँचथरमा त्यसमा रहेको २६ ड्रम डिजेल खोलाले बगाएको छ ।
तुम्बेवा गाउँपालिका–२ स्थित नावाखोलामा आएको बाढीमा ट्रिपर फस्दा त्यसमा लोड गरिएको २६ ड्रम डिजेल मंगलबार बिहान खोलाले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरले बा १ क ५११२ नम्बरको ट्रिपर फस्दा २६ वटा डिजेलको ड्रम बाढीमा बगेको जनाएको छ । ट्रिपर धरानदेखि पाँचथरको कुम्मायक गाउँपलिकाको यासोकतर्फ जाँदै थियो ।
खोलाले बगाएको हरेक ड्रममा २२० लिटर डिजेल थियो । ट्रिपर खोलामा फसे पनि चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया