NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

सेयर बजारमा १२ अंकको करेक्सन, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको करेक्सन देखिएको छ । आज नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ८२ कम्पनीको ४६ हजार ७३१ पटक कारोबारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रूपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहमा हरियाली देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन २.३६ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.०९, विकास बैंक ०.८३, वित्त १.९२, जलविद्युत ०.१३, लगानी १.३६, जीवन बीमा ०.२५, उत्पादन ०.७३, माइक्रोफाइनान्स ०.७७, म्युचल फण्ड ०.१५, नीर्जीवन ०.६९, अन्य १.६२ र व्यापार ०.६१ प्रतिशतले बढेको छ ।

आज सिटी होटलका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै विपिडब्ल्यु लघुवित्तका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको सर्वाधिक १२ करोड १७ लाख ८३० रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख ७४ हजार, हिमालयन लाइफ इन्स्योरेन्स ११ करोड ३३ लाख ८४ हजार, शिवम सिमेन्ट ११ करोड १६ लाख ९२ हजार र सोल्टी होटलको ७ करोड ३२ लाख ६४ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।