फिर्मिन्हो पनि लागे साउदीतिर
काठमाडौं । साउदी क्लब अल अहलीले रोबर्टो फिर्मिन्होलाई भित्राएको छ । अल अहलीले उनलाई तीन वर्षका लागि अनुबन्ध गरेको हो ।
यसअघि लिभरपुलमा आबद्ध फिर्मिन्हो गत सिजनमा सम्झौता सकिएपछि बजारमा निःशुल्क उपलब्ध थिए । लिभरपुलका लागि ३ सय ६२ खेल खेलेका उनले १११ गोल गरेका थिए ।
साउदी क्लबले धमाधम राम्रा खेलाडी भित्राइरेका छन् । विश्वकप समापन भएको केही समयपछि पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो साउदीको अल नासरमा अनुबन्धित भएका थिए । गत हप्ता मात्रै चेल्सीका गोलकिपर एडोर्ड मेन्डीलाई अनुबन्ध गरेका साउदी क्लबले एनगोलो कान्टे, कालिदो कौलीबली, करिम बेन्जिमा, रुबेन नेब्स, मार्सेलो ब्रोजोभिकलाई भित्राइसकेका छन् । खेलाडी मात्र नभएर प्रशिक्षक पनि साउदी क्लबतर्फ आकर्षित हुन थालेका छन् । यही सिलसिलामा लिभरपुलका पूर्व मिडफिल्डर स्टेभन जेरार्ड अल इतिफाकको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया