NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

फार्के लिड्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । डेनियल फार्के लिड्स युनाईटेडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

लिड्सले आगामी चार वर्षका लागि नर्विच सिटीका पूर्व प्रशिक्षकसमेत रहेका फार्केलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

फार्केले गत सिजनमा बोरुसिया मोन्चेनग्लाडवाच सम्हालेका थिए । तर उनले अपेक्षित नतिजा निकाल्न सकेनन् । क्लब १० औं स्थानमा सीमित भएपछि उनी बीचमै बर्खास्तगीमा परेका थिए ।

लिड्सलाई प्रिमियर लिगमा फर्काउनुपर्ने खाँचो अहिले छ । यो सन् २०२२–२०२३ को सिजनबाट घटुवामा परेको छ । यसलाई फार्केको मुख्य चुनौतीका रूपमा हेरिएको छ ।