दुर्घटनामा परे शाहरुख खान, नाकमा चोट

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानसँग जोडिएको एउटा खबर सार्वजनिक भएको छ । अमेरिकाको लस एन्जलसमा सुटिङका क्रममा उनी दुर्घटनामा परेका छन् ।
दुर्घटनामा उनको नाकमा चोट लागेको छ । दुर्घटना हुनेवित्तिकै उनलाई तत्काल अस्पताल लगिएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको नाकको चोट गहिरो नभएको बताएका छन् । साथै डाक्टरहरूले आत्तिनुपर्ने कुनै अवस्था नभएको जानकारी दिएका छन् । अहिले उनी आफ्नो घर मन्नत फर्किसकेका छन् ।
शाहरुखको दुर्घटनाको खबर सार्वजनिक हुने बित्तिकै अभिनेताका सबै फ्यानहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया