एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।
राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरे ।
‘यहाँ व्यापार, विजनेश गर्ने हिसावले बसेको एउटा भारतीय नागरिकले यहाँ देशका नेताहरूसँग समन्वय गर्छ। भारतमा गएर दिल्लीमा पनि नेताहरूसँग समन्वय गर्छ र प्रधानमन्त्री बनाउँछ । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ, उहाँले राजीनामा दिनु पर्छ’, उलने भने ।
एमालेको अवरोधपछि बैठक स्थगित भएको छ । सोमबार सरदार प्रीतम सिंहबारे लेखिएको किताब विमोचनमा प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
संसद बैठकअघि एमालेले प्रचण्डको अभिव्यक्ति सार्वभौम संसद्को मर्यादाविपरीत रहेको निष्कर्ष निकाल्दै राजीनामा माग्ने निर्णय गरेको थियो । एमालेकै अवरोधका कारण प्रतिनिधिसभा बैठकसमेत बस्न सकेको छैन ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया