NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कहाँ पुग्यो बल्छी, राजु मास्टरलगायत कलाकारमाथिको छानबिन ?

काठमाडौं । चर्चित कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुव्रे, राजु पौडेल उर्फ राजु मास्टरसहित १०  कलाकार तथा युट्युबर यतिबेला प्रहरी हिरासतमा छन् । अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेट प्रचारको आरोपमा प्रहरीले गत जेठ ३२ गते उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी स्रोतका अनुसार, उनीहरूमाथिको अनुसन्धान सकिएको छ । बयानमा बल्छी धुव्रेलगायत कलाकारले अनलाइन सट्टेबाजी अवैध हो भन्ने आफूहरूलाई जानकारी नभएको बताएका छन् । तथापि, अनुसन्धानका क्रममा उनीहरू यसबारे पहिलेदेखि नै जानकार रहेको पुष्टि भएको छ ।

अनुसन्धान सकिएकाले प्रहरीले आफ्नो निष्कर्षसहितको फाइल सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको छ ।

अब जिल्ला सरकारी वकिलको कार्यालयले त्यससम्बन्धी अनुसन्धानको फायल अध्ययन गरेर मुद्दा प्रक्रिया अघि बढाउनेछ । उनीहरूलाई रिहा गर्ने या पुर्पक्षका लागि थुनामा पठाउने निर्णय थुनछेक बहसमा अभियुक्तहरूको बयान र सरकारी वकिलको जवाफपछि मात्र आउनेछ । त्यसैले पक्राउ परेका बल्छी धुव्रे, राजु मास्टर, पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर (जलन), गणेश देवकोटा (गणेश जिडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) ले केही दिन अझै प्रहरी हिरासतमा बिताउनुपर्ने भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष