एसइई : बोर्ड बैठक बोलाइयो, सम्भवतः नतिजा आजै

काठमाडौं । एसइई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको छ । गत वर्ष चैतमा सञ्चालित परीक्षाको परीक्षाफल प्रकाशित गर्न राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ ।
एसइईको परीक्षाफल प्रकाशित गर्नेबारे छलफल गर्न बिहीबार दिउँसो बैठक बोलाइएको बोर्डले जनाएको छ ।
परीक्षाफल प्रकाशित गर्ने सम्पूर्ण तयारी पूरा भएपछि बैठक बसेर त्यसबारे निर्णय लिइने प्रचलन रहेकाले सम्भवतः आजै परीक्षाफल प्रकाशित हुने सम्भावना छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा नियमित र आंशिक गरी करिब ५ लाख परीक्षार्थी सहभागी भएका थिए । बोर्डले यस वर्ष पनि पुरानै ग्रेडिङ प्रणालीअनुसार परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया