NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कस्तो छ यो वर्ष एसईईको नतिजा ?

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।

आज राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डले जनाएको छ ।

बोर्डका अुनसार ५५ हजार ०६९ विद्यार्थीले ३.२० देखि ३.६० सम्म जिपिए प्राप्त गरेका छन् ।

२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको छ भने २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ।

बोर्डले जारी गरेको तथ्यांकअनुसार २.००देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको छ ।

यसपटकको एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी थिए। परीक्षा २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको हो ।