कस्तो छ यो वर्ष एसईईको नतिजा ?
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।
आज राष्ट्रिय परीक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै यसको जानकारी दिएको हो । गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डले जनाएको छ ।
बोर्डका अुनसार ५५ हजार ०६९ विद्यार्थीले ३.२० देखि ३.६० सम्म जिपिए प्राप्त गरेका छन् ।
२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको छ भने २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ।
बोर्डले जारी गरेको तथ्यांकअनुसार २.००देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको छ ।
यसपटकको एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी थिए। परीक्षा २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया