NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

काठमाडौं । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु–याएको छ ।

गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए ।

“फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन्,” उनले भने ।

फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।