काठमाडौं महानगरपालिकाद्वारा दुई सहकारीको दर्ता खारेज
काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) क्षेत्रभित्रका दुई सहकारी संस्था खारेज भएका छन् ।
सहकारी ऐन, २०७५ को प्रावधानबमोजिम महानगरपालिकाले दुई सहकारीको दर्ता खारेज गरिदिएको हो ।
दर्ता खारेज हुनेमा कामपा–५ मा रहेको श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र चाबहिलमा रहेको सुकस बचत तथा ऋण सहकारी संस्था छन् ।
महानगरपालिकाका अनुसार यी दुई सहकारी स्वयंले दर्ता खारेजीका लागि आवेदन दिएका थिए । त्यसैका आधारमा उनीहरूको दर्ता खारेज गर्ने निर्णय भएको हो ।
सहकारी ऐन, २०७५ को दफा ६६ उपदफा १ मा कुनै संस्थाको विनियममा उल्लिखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएमा र सदस्यको हित गर्न नसक्ने भएमा साधारणसभाको तत्काल कायम दुई तिहाइ बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी आवेदन दिन सक्ने प्रावधान छ ।
महानगरपालिकाले उक्त सहकारीमा आर्थिक कारोबार गरेका तर राफसाफ नगरेका व्यक्तिहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन भनेको छ । अन्यथा कुनै पनि दाबी विरोधको जिम्मेवार विभाग नहुने महानगरपालिकाले प्रष्ट पारेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया