सामान्य घट्यो सुनको मूल्य
काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३९५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया