NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देश बुझ्न रवि भत्केको घरको बार्दलीमा चढेपछि…

काठमाडौं । असार १९ गते बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई मेन्सन गर्दै नारी टेलिभिनको प्रशारण शुभारम्भका लागि आफू बाजुरा जान लागेको फेसबुक स्टाटस लेखे । निकिता पौडेलको नेतृत्वमा सञ्चालन हुन लागेको नारी टेलिभिजन असार २० गतेबाट नियमित प्रशारणका लागि पौडेललाई हौसला दिन उनी बाजुरा गएका हुन् ।

बिहान ८ बजेर ५८ मिनेटमा पोस्ट गरेको उक्त स्टाटसलाई शुक्रबारसम्म ५४ हजारले लाइक गरिसकेका छन् ।  ९ हजार ९ सयले कमेन्ट गरेका छन् । यसैगरी ६४९ जनाले शेयर गरेका छन् । भोलिपल्ट बाजुराको बूढीगंगा नगरपालिकाबाट टेलिभिजनको उद्घाटन गरिसकेपछि  नियमित प्रसारण सुरु भएको छ ।

शुभारम्भ बाजुराबाट भए पनि यसको मुख्य कार्यालय भने काठमाडौंमा रहनेछ । महिला सशक्तीकरणका लागि टेलिभिजनले महिलाका विषय र मुद्दालाई प्राथमिकता दिएर सामग्री प्रसारण गर्ने जनाएको छ ।

बाजुराको बसाइको क्रममा विभिन्न कार्यक्रममा सहभागी भएका रविले स्थानीहरूको समस्या, गुनासा लगायत विषयमा चासो राखेका थिए । सोहीक्रममा रविले २०३२ सालमा बनेको एउटा पुरानो घरको बार्दलीमा बसेर आफ्ना समर्थक तथा शुभचिन्तकहरूलाई हात हल्लाएको भिडियो उनका सहकर्मी दीपक बोहराले आफ्नो टिकटक एकाउन्टमा राखेका छन् । जुन अहिले निकै भाइरल भएको छ । सो घर कसको हो भन्ने विषयमा खुलाइएको छैन । निकै अप्ठ्यारो गरी बार्दलीमा पुगेका रविलाई आगनमा जम्ममा भएका समर्थकहरू दृष्य आफ्ना मोबाइमा कैद गरिएको देख्न सकिन्छ । सुरूमा डरपूर्ण भावमा उक्लिएका उनी चकटीमाथि पलेटी कसेर बस्छन्, मुस्कानका साथ आफ्ना समर्थक र शुभचिन्तकहरूलाई हात हल्लाएको देख्न सकिन्छ । बोहोराले ब्याकग्राउण्ड म्युजिक राखेकाले त्यतिबेला उनले के भने भन्ने विषयमा बुझ्न सकिँदैन । तर, बोहोराले देश बुझ्न देशका दुर्गम गाउँहरू पुग्नै पर्छ भन्दै उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका छन् ।

‘देश बुझ्न् देशका दुर्गम गाउँहरु पुग्नै पर्छ । २०३२ सालमा बनेको बाजुरा जिल्लाको एउटा पुरानो घरको बार्दलीबाट’, उनले उल्लेख गरेका छन् ।

नयाँ दल गठन गरेको एक वर्षमै २१ सिट सहित प्रतिनिधिसभामा प्रवेश गरेको रास्वपाले २०८४ को निर्वाचनमा दुईतिहाइ ल्याउने दाबी गरेको छ ।  बाजुराबाट सुदूरपश्चिमका विभिन्न जिल्लाको रविले भ्रमण गरेका छन् । छोटो समयमै जर्बजस्त राजनीतिमा उदाएका रवि राजनीति ‘स्टन’ र मिडियाबाजी गरी जनतामा भ्रम छर्न खोजेको विपक्षीहरूले आरोप लगाउने गरेका छन् ।

https://www.facebook.com/1467433178/videos/811942227268843/