२३ निर्माण तथा आपूर्ति कम्पनीसँग सरकारले माग्यो लिखित स्पष्टीकरण
काठमाडौं । सरकारले २३ निर्माण तथा आपूर्ति कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । विभिन्न सरकारी निकायबाट कबुलअनुसारको काम नगरेको गुनासोसहित कालोसूचीमा राखिदिन लिखित अनुरोध आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट लिखित रूपमा कालोसूचीमा राख्न आग्रह आएकाले कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको जनाएको छ ।
स्पष्टीकरण सोधिएकामा सिरुवा कन्स्ट्रक्सन प्रालिदेखि इको भिजिनरी प्रालिसम्म छन् । कबुलअनुसारको काम नगरेपछि दुई विदेशी कम्पनीमाथिसमेत कारबाही प्रक्रिया अघि बढेको छ । स्पष्टीकरण सोधिएको विदेशी कम्पनीमा एक भारत र अर्को सिंगापुरका छन् ।
सार्वजनिक खरिद नियमावली, २०६४ मा कुनै पनि निर्माण कम्पनी, फार्मलाई कालोसूचीमा राख्नुअघि स्पष्टीकरणको मौका दिनुपर्ने व्यवस्था छ । स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा कार्यालयले कालोसूचीमा राख्न सक्छ । सोही व्यवस्थाअनुसार कार्यालयले स्पष्टीकरण सोधेको हो ।

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया