कोशीको मन्त्रिपरिषद् विस्तार, प्रचण्डका ज्वाइँसहित तीन बने मन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । थापाले माओवादीबाट २ र कांग्रेसबाट एक मन्त्री थपेर दोस्रो पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । आचार्य प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् ।
त्यसैगरी, नेपाली कांग्रेसबाट रामकुमार खत्रीले मौका पाएका छन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइए पनि बाँकीको टुंगिन बाँकी छ ।
नवनियुक्त मन्त्रीहरूले आइतबार बिहान नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीको सपथ लिएका थापाले सोही दिन कांग्रेस र एकीकृत समाजवादीबाट एक÷एक मन्त्री नियुक्त गरेका थिए । आइतबार तीन मन्त्री थपिएसँगै उनको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।
ताजा अपडेट
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
प्रतिक्रिया