कोशीको मन्त्रिपरिषद् विस्तार, प्रचण्डका ज्वाइँसहित तीन बने मन्त्री
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । थापाले माओवादीबाट २ र कांग्रेसबाट एक मन्त्री थपेर दोस्रो पटक आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन् । आचार्य प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ हुन् ।
त्यसैगरी, नेपाली कांग्रेसबाट रामकुमार खत्रीले मौका पाएका छन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइए पनि बाँकीको टुंगिन बाँकी छ ।
नवनियुक्त मन्त्रीहरूले आइतबार बिहान नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीको सपथ लिएका थापाले सोही दिन कांग्रेस र एकीकृत समाजवादीबाट एक÷एक मन्त्री नियुक्त गरेका थिए । आइतबार तीन मन्त्री थपिएसँगै उनको मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया