डिसहोम टिभी अब सिधै मोबाइलमा
काठमाडाैं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो’ (DishHome GO) सञ्चालन गरिरहेको छ ।
हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो । १५० भन्दा बढी लाईभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ । डिशहोमले आफ्ना ग्राहकहरुलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
‘डिशहोम गो एपमा लाइभ टिभीसंगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ । ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ ।
यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया