विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

काठमाडाैं । डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन् । बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । उनीहरुको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया