NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

संसद्मा तीन दलको मात्रै सिन्डिकेट चलेको भन्दै रविको आक्रोश

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् तीन दलको निर्णयमा चलेको भन्दै आक्रोश पोखेका छन् ।

आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानीको क्रममा सो आक्रोश पोखेका हुन् ।  साथै उनले पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा संसद्मा रास्वपालाई बोल्न नदिएकोबारे गुनासो गरेका छन् ।

साथै मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएकोमा असन्तुष्टि जनाएका छन् । उनले मिटरब्याजसम्बन्धी कानुनको पक्षमा रहेको समेत बताएका छन् ।

केही दिनदेखि प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक पटक दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले राजीनामा माग्दै संसद अवरोध गर्दै आएको थियो । उक्त विषयमा आज प्रमुख तीन दलबीच छलफल समेत भयो । छलफलपछि संसद् अवरूद्ध नगर्ने सहमति भएको थियो । बैठक तीन बजेट बस्ने भनेपनि बस्न भने सकेन ।