विशेष कारण देखाउँदै राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । सोमबार बिहान ११ बजे बस्ने भनिएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ। विशेष कारणवश बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादास्पद अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर संसद अवरूद्ध गर्दै आएको छ ।
संघीय संसदको दुबै सदन सूचारू गर्न आइतबार प्रचण्डले विपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिएर संसदको अवरोध हटाउन तीन नेताबीच सहमति भएपनि अन्तिम समयमा भाँडिएको थियो ।
असार २१ गते प्रधानमन्त्रीको सचिवायले निकालेको प्रेस नोट आपत्तिजनक भएको भन्दै एमालेले थप छलफल नगरी संसद चल्न नदिने अडान लिएको छ । एमालेको अनावश्यक अडानका कारण आइतबार दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा नआएसम्म संसद चल्न नदिने अडानमा रहेको एमाले प्रचण्डसँगको छलफलपछि केही लचिलो भएको छ ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया