NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

संसदमा प्रचण्डको प्रश्न – प्रितम सिंहले कसरी प्रधानमन्त्री बनाउँछन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा स्पष्टिकरण दिँदै सरदार प्रितम सिंह कुनै शक्तिकेन्द्र नभएकोबारे स्पष्ट पारेका छन् ।

केही समयअघि उनै सिंहको किताब विमोचनाका क्रममा सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक पटक दिल्ली गएको बताएपछि प्रधानमन्त्री प्रचण्ड विवादमा तानिएका छन्।

उनको उक्त अभिव्यक्तिबारे विरोध जनाउँदै प्रतिपक्ष दलले संसद नै अवरोध गर्ने अवस्था आएपछि प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्दै स्पष्टिकरण दिएका हुन् ।

उनले सिंहसँग कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने पनि सामथ्र्य नभएको दाबी गरेका छन् । ‘प्रितम सिंह कुनै शक्तिकेन्द्र होइन । उनले भनेर कसैलाई प्रधानमन्त्री बनाउने र हटाउने सामथ्र्य छैन,’ उनले भने ।

यसवाहेक सिंहसँग आफ्नी विरामी छोरीलाई संकटमा सहयोग गरेको श्रद्धा भाव मात्रै रहेको उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले सार्वजनिक मञ्चमा फरक किसिमले प्रस्तुत हुन नसक्नु आफ्नो कमजोरीको रूपमा स्वीकर गरेका छन् । सार्वजनिक अभिव्यक्तिका क्रममा मनबाटै बोल्दा समस्यामा पर्ने गरेको उनको आशय थियो ।

यो घटनाबाट आफूले आत्मसमिक्षा गरेसँगै भविष्यमा सतर्क हुने आश्वासनसहित उनले प्रतिपक्ष दललाई धन्यवाद पनि दिएका छन् ।