लोक सेवा प्रश्नमा निरज दाहालको समाधान

आमनागरिकमा लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने विश्वास देखिन्छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा निरज दाहालले अन्तरसरकारी वित्तीय हस्तान्तरण सन्दर्भमा उर्द्ध वित्तीय अन्तर र समतलीय अन्तरबारेको प्रश्नमा समाधान सुझाउनुभएको छ ।
१. अन्तरसरकारी वित्तीय हस्तान्तरण सन्दर्भमा उर्द्ध वित्तीय अन्तर र समतलीय अन्तरबारेमा लेख्नुहोस् । यी दुईको अन्तरले वित्तीय हस्तान्तरणलाई कसरी निर्देशित गर्दछन् ? चर्चा गर्नुहोस् ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण
वित्तीय अन्तर
कुनै सरकारको राजस्व क्षमता र गर्नुपर्ने खर्चका बीचमा रहेको खाडल नै वित्तीय अन्तर हो । यस्तो वित्तीय अन्तरलाई तुलनात्मक दृष्टिमा आन्तरिक वित्तीय अन्तर, उर्द्ध वित्तीय अन्तर र समतलीय वित्तीय अन्तर गरी विभाजन गर्ने गरिन्छ ।
संघीय एकाइको माथिल्लो तह र तल्लो तहको राजस्व संकलनको क्षमता, अवस्था, प्राकृतिक स्रोतको उपलब्धता र रोयल्टीको फरकपनाका कारणले सिर्जना हुने स्रोतको संकलनको बीचको फरक नै उर्द्ध वित्तीय अन्तर हो ।
माथिल्लो सरकारमा तुलनात्मक रूपले सबल र ठूला करका स्रोतहरू रहने कारणले यस्तो अन्तर सिर्जना हुने गर्दछ ।
माथिल्लो तहका सरकारले संकलन गरेको राजस्व, स्रोत र तल्लो तहको सरकारले संकलन गरेको राजस्व स्रोतका बीचको Gap हो यो ।
Horizontal Fiscal Gap
एउटै हैसियतका सरकारहरुका बीचमा हुने राजस्व स्रोत र खर्च आवश्यकताबीचको फरक नै समतलीय वित्तीय अन्तर हो । समतलीय वित्तीय अन्तर समान तह र समान अधिकार प्राप्त पक्षका बीचमा हुने राजस्व संकलनको क्षमता र अवस्थाका कारणले सिर्जना हुने गर्छ ।
उदाहरणका लागि काठमाडौं महानगरपालिका र पुथा उत्तरगंगा गाउँपालिकाको राजस्व क्षमता र संकलनको अवस्था उस्तै नहुन सक्छ । यसै कारणले समतलीय वित्तीय अन्तर सिर्जना हुन्छ । नेपालमा विकासका गतिविधिहरूमा क्षेत्रीय असन्तुलन रहेका कारणले यस्तो अन्तर धेरै पाइन्छ ।
समानीकरण अनुदान :
राजस्व क्षमता र खर्च आवश्यकतामा आधारित
समपूरक अनुदान :
पूर्वाधार विकासमा लगानी ।
सशर्त अनुदान :
क्षमता विकास
विशेष अनुदान :
सामाजिक न्याय कायम
Equity among citizens कायम
(ख) राजस्व बाँडफाँटको माध्यमबाट
न्यायोचित विभाजनले Positive Market response कायम गर्ने ।
समन्यायिक बाँडफाँट (संविधानको धारा ५९)
(घ) करको, खर्चको, ऋणको अधिकार स्पष्ट विभाजन वा हस्तान्तरणका माध्यमबाट ।
अन्त्यमा,
संघीय शासन प्रणालीमा राजस्व र रोयल्टी बाँडफाँटलाई निर्देशित गर्ने आधार नैFunding and Collection Gap हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसको सीमामा रहेर विविध वित्तीय अन्तरहरूको सकारात्मक सम्बोधनसहित स्रोतको बाँडफाँट वा विभाजन गर्दै Equity among Governments, Equity among Provience तथा Equity among citizens कायम गरिनु पर्दछ ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
प्रतिक्रिया